झापाबाट फर्किनुभयो पूर्वराजा शाह, त्रिभुवन विमानस्थलमा उत्साहपूर्ण स्वागत

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापाबाट फर्किनुभयो पूर्वराजा शाह, त्रिभुवन विमानस्थलमा उत्साहपूर्ण स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट चार महिनापछि काठमाडौं फर्कनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य स्वागत गरेका छन् । समर्थकहरूले विमानस्थलको मुख्य गेटदेखि बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आऊ, देश बचाऊ’ लगायतका नारा लगाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपालगायतका राजावादी समूहहरूले पूर्वराजा शाहको स्वागत गरेका छन् । 

यस अवसरमा पूर्वराजा शाहलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरिएको छ । उहाँ गाडीमा उभिएर समर्थकहरूको अभिवादन स्वीकार गर्दै निर्मल निवासतर्फ र्‍यालीसहित जानुभएको छ । प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा पारेको थियो । 

जसमा विमानस्थलदेखि निर्मल निवाससम्म डीएसपीहरूको कमान्डमा प्रहरी परिचालन गरिएको थियो । यद्यपि, समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले भव्य स्वागतको वातावरण बनेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.