फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम चलाइने

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम चलाइने

झापा । जिल्ला निर्वाचन कार्यालयहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउने भएका छन् ।

१५ दिने अवधिमा मतदाता शिक्षकहरू लक्षित मतदाताको घरदैलोमा पुगेर मतदान प्रक्रियाबारे सिकाउने कार्यक्रम छ । त्यस अवधिमा सञ्चारमाध्यमबाटसमेत मतदाता शिक्षाबारे प्रकाशन तथा प्रसारण गरिने छ । त्यस क्रममा निर्वाचन आचारसंहिताबारे समेत जानकारी दिने योजना सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयहरूले बनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.