‘टेरामक्स प्रकरण’मा उपकरणहरूको प्राविधिक परीक्षण गर्न विशेष अदालतकाे आदेश

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘टेरामक्स प्रकरण’मा उपकरणहरूको प्राविधिक परीक्षण गर्न विशेष अदालतकाे आदेश

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत मुछिएको ‘टेरामक्स प्रकरण’मा विशेष अदालतले उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले तीन बुँदे आदेश जारी गर्दै दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएकोबारे गुणस्तर जाँच गर्न उच्चस्तरीय विज्ञ टोली गठनको आदेश दिएको हो । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक र सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि रहनेगरी विज्ञ टोली रहने आदेश गरिएको छ । 

विज्ञ टोलीबाट उपकरणहरूको प्राविधिक परीक्षण गरी प्रतिवेदन पेस गर्न अदालतले भनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा तीन अर्ब २१ करोड ८३ लाख घोटाला भएको दाबीसहित अख्तियारले तत्कालीन सञ्चारमन्त्री रहेका बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.