उपभोक्ता हित संरक्षणमा सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा जोड

माघ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपभोक्ता हित संरक्षणमा सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा जोड

नुवाकोट । उपभोक्ताको हित संरक्षणको विषय बहुआयामिक रहेकोले उत्पादकदेखि उपभोक्तासम्म सबै तह र तप्का जिम्मेवार र सचेत रहनुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आयोजना गरेको कार्यक्रममा उपभोक्ता हित संरक्षण जनस्वास्थ्यको विषयमात्र नभई आम सरोकारका क्षेत्र भएकोले उपभोक्ता तथा नागरिकदेखि उत्पादक र बिक्रेताहरूसमेत जिम्मेवार बन्नुपर्ने सरोकारवालाहरुले बताएका हुन् । 

उपभोक्ताले उपभोग्य वस्तु तथा सामग्री खरीद गर्दा खाद्य पदार्थको गुणस्तरका साथै ठगीबाट जोगिन बिल अनिवार्य गरिनुपर्ने सरोकारवालाहरुले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.