
काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्नुभएको छ ।
दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरूले शुक्रबार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गर्नुभएको हो । सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरूले पदभार ग्रहण गर्नुभएको छ ।
पदाधिकारीहरूको पदभारग्रहण पछि केन्द्रीय समितिको बैठक सुरू भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रूपमा सभापति निर्वाचित हुनुभएको थियो ।