राजनीतिक दलहरूले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनको प्रचार गर्नुपर्दछ : कृष्णप्रसाद सिटौला

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलहरूले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनको प्रचार गर्नुपर्दछ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरूले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरूले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो । शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवशनमा बोल्दै नेता सिटौलाले राजनीतिक दलहरू, सांसदहरूबीच एकता कायम नहुने हो भने मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताउनु भयो । 

उहाँले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.