विशेष महाधिवेशनपछि गगन थापा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशनपछि गगन थापा पहिलो पटक सानेपामा, कार्यकर्तामा उत्साह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सभापति भएपछि पहिलो पटक पार्टी कार्यलय पुग्नुभएको छ ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापा शुक्रबार पार्टी कार्यलय सानेपामा पुग्नुभएको हो । थापा सानेपा पुग्दा स्वागतको लागि कार्यकर्ताको ठूलो भीड लागेको थियो । उनीहरूले सभापति थापालाई स्वागत गर्दै ‘अब की बार गगन सरकार’ को नारा लगाएका थिए । 

साथै उनीहरूले हर्षोल्लासका साथ सभापति थापालाई कार्यलयमा स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको वैठक पनि पहिलो पटक पार्टी कार्यलयमा बस्न लागेको छ । उक्त बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने जनाइएको छ । 

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित हुनुभएको थियो । सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.