
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सभापति थापाले बुधबार सामाजिक सञ्जालमार्फत देश निर्माणमा प्रतिबद्ध रहेको जनाउनुभएको हो । फागुन २१ को निर्वाचनका लागि मंगलबार सर्लाही-४ बाट उम्मेदवारी दिनुभएको सभापति थापाले चुनौतीपूर्ण क्षेत्र रोजेको भन्दै शुभेच्छुकहरूले चिन्ता गरिरेहका बेला उहाँले यस्तो लेख्नुभएको हो ।
सर्लाही-४ मा रास्वपाका तर्फबाट अमरेशकुमार सिंहले उम्मेदवारी दिनुभएको छ । यता सभापति थापाले विगतमा लड्दै आएको क्षेत्र काठमाडौं-४ मा कांग्रेसले सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।