नेपालसँगको सम्बन्ध अझै गतिशील हुनेछ : भारतीय विदेश मन्त्रालय

फाल्गुन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालसँगको सम्बन्ध अझै गतिशील हुनेछ : भारतीय विदेश मन्त्रालय

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले आगामी दिनमा नेपालसँगको सम्बन्ध अझै सुदृढ र प्रगाढ हुने अपेक्षा रहेको जनाएको छ । नयाँदिल्लीमा आज आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आगामी दिनमा द्विदेशीय सम्बन्ध अझै गतिशील हुने बताउनुभएको हो ।

दुई देशबीच अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यो गतिशीलता अझ सुदृढ र प्रगाढ हुँदै जाने अपेक्षा गरिएको बताउनुभयो । प्रवक्ता जयसवालले भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग गरेको टेलिफोन वार्ताबारे पनि जानकारी गराउनुभयो । 

मोदीले नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत प्रतिबद्ध रहेको बताउनुभएको जयसवालले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.