सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने ओलीको भनाइ

सरकारले दोषीलाई कारबाही गर्न चासो नदेखाएको आरोप
माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने ओलीको भनाइ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ ।

बुधबार गृह जिल्ला झापामा जेन-जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले संरचना जनाउनेहरूलाई कारबाही गरिने बताउनुभएको हो । सार्वजनिक सम्पत्ति, नगरपालिका तथा राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानुनअनुसार दोषी रहेको उहाँको भनाइ थियो ।

अहिलेको सरकारले दोषीहरूलाई कारबाही नगरेको आरोप पनि अध्यक्ष ओलीले लगाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.