उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त

मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको भनाइ
माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी व्यक्त गर्दै मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको बताउनुभएको छ ।

उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएपछि एक विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यस कार्यलाई लोकतन्त्रको अर्को महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गर्नुभएको हो । प्रधानमन्त्रीले निर्धारित समयतालिकाभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार प्रकट समेत गर्नुभयो । 

प्रतिनिधि सभाका १ सय ६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको प्रगाढ विश्वास रहेको पुष्टि भएको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले यो राष्ट्रिय उत्साहले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने तथ्यलाई पुनः प्रमाणित गरेको उल्लेख गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.