
सुनसरी । सुनसरीको धरान अवस्थित जिरोप्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । धरान १३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस श्री कृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यू सभा मेडिलकमा गएर ठोक्किँदा उक्त दुर्घटना भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिनुभयो । मृतकको पहिचान हुन सकेको छैन । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।