
दाङ । घोराहीमा आयोजित दाङमा बादी समुदायको सामाजिक साँस्कृतिक अवस्था रूपान्तरणका चुनौती विषयक गोष्ठीमा सरोकारवालाले बादीहरूले भोग्नु परेको समस्या र अबको निकासका बारेमा छलफल गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गोष्ठीमा कार्यप्रत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले बादी समूदायले यौन व्यवसाय अपनाएको नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गर्नुभयो । त्यसअवसरमा बादी महिलाहरूले अहिले पनि विभेद र लाल्छना आफूहरूमाथि कायम रहेको बताएका छन् ।
कार्यपत्रमाथि बादी समुदायका अगुवा निर्मल बादीले टिप्पणी गर्नुभएको थियो । आर्थिक सामाजिक क्षेत्रबाट पछाडी पारिएको अल्पसंख्यक तथा सीमान्तकृत बादी समुदायको संख्या दाङमा १ हजार १ सय रहेको छ ।