सहकारीमा भएको बेथितिसम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
सहकारीमा भएको बेथितिसम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग,२०८२ गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । 

सरकारले नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.