
दार्चुला । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला अदालत दार्चुलामा उक्त कार्यालय सञ्चालनमा आएको हो । निर्वाचन आयोगको स्वीकृत कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत भुवन गिरिले कार्यालय उद्घाटन गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सञ्चालन भएसँगै निर्वाचनका औपचारिक कार्यक्रम सुरू भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी अनिल पाैडेललगायत सराेकारवाला पक्षकाे उपस्थिति रहेकाे थियाे ।