
बर्दिया । यस वर्ष माघे संक्रान्तिमा बर्दियाका थारू गाउँघबस्ती निकै रमाएको छ । अध्ययन, रोजगार र व्यापारको सिलसिलामा विदेशिएकाहरू माघी मनाउन गाउँ फकिएका छन् । गाउँगाउँमा माघीको मादल गुञ्जिएको छ ।
थारु समूदायको नयाँ वर्षको शुरुवात र धार्मिक महत्वको चाड हो माघी । यतिबेला गाउँबस्तीमा थारु नाच र गीतको गुञ्जन छ । माघीदेखि थारु समूदायको नयाँ वर्षको शुरुवात हुने भएकाले वर्षभरिका लागि बडघर, चौकीदार, स्वंयसेवक, लगायत गाउका अगुवा चयन गर्ने गरिन्छ । माघी मनाएपछि मुल बडघर देखि चौकीदार चयन गर्ने भएका छन् ।
५१ प्रतिशत थारु समूदाय बस्दै आएका बर्दियाका थारु बस्ती र गाउँघर बाहिर काममा गएका अधिकांश युवा फर्किएका छन् । माघीको जिता अर्थात सँगुर, बुँगुर मारेर खाने चलन छ । उमंगका साथ गीत र नाचले धन्किएको छ । तर माघीको पुरानो परम्परा मासिदै गएकोमा भने बुढापाका चिन्तित छन् ।
नाचगान, भोजभतेर र आपसमा सद्भाव साटासाट गरेर माघी पर्व बर्दियाको थारु समुदायले एक सातासम्म मनाउने गर्छन् ।