महाेत्तरीका सिमान्तकृत मुसहर समुदायलाई कम्बल वितरण

पुस ३०, २०८२ |विकास आर्या
महाेत्तरीका सिमान्तकृत मुसहर समुदायलाई कम्बल वितरण

महाेत्तरी । नेपाल प्रहरी श्रीमती संघको पहलमा चिसोबाट प्रभावित सिमान्तकृत मुसहर समुदायलाई न्यानो सहयोग गरिएको छ।

नेपाल प्रहरी श्रीमती संघ र मधेश प्रदेश प्रहरी कार्यालयको सहकार्यमा महोत्तरीको मनरा शिश्वा नगरपालिका-९ बथनाहामा न्यानो कम्बल वितरण गरिएको हो। अत्याधिक जाडोका कारण कठिन जीवनयापन गरिरहेका सिमान्तकृत गरिब विपन्न मुसहर समुदायका ९० दलित परिवारलाई एक कार्यक्रम आयोजना गरी कम्बल वितरण गरिएको छ।

चिसो छल्न सहयोग पुगेपछि स्थानीय मुसहर परिवार खुसी देखिएका छन्। जाडो मौसममा राहत स्वरूप वितरण गरिएको कम्बलले मुसहर समुदायलाई केही सहजता मिलेको स्थानीयको भनाइ छ। कार्यक्रममा नगरपालिकाका प्रमुख मोहन पाण्डे मधेश प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष बरूणा बडाल थपलिया, श्रीमती संघकी सदस्य मन्जु शर्मा उपस्थिति रहेको थियो।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।