
सुनसरी । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा सञ्चालन भएको ५१औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरणमा ५ सय ३१ क्याडेट दीक्षित भएका छन् ।
पूर्वी तालिम शिक्षालय याङसीला मोरङमा बुधबार आयोजित दीक्षान्त कवाज समारोहमा २ सय ६५ छात्र र २ सय ६६ छात्रालाई दिक्षित गरिएको हो । राष्ट्रिय सेवा दल पूर्वी शिक्षालयले कोशी, मधेश र बागमती प्रदेशका १८ विद्यालयका क्याडेटहरूलाई तालिम दिएकोमा बुधबार प्रमाणपत्र वितरण गरिएको हो ।
तीन सातासम्म दिइएको उक्त तालिममा जगन्नाथ डेडराज जनता माविका क्याडेट नवीन विक छात्रतर्फ सर्वोत्कृष्ट हुनुभएको छ । झापाको इष्ट होराइजन अंग्रेजी माविकी क्याडेट बिनिशा बस्नेत छात्रातर्फ सर्वोत्कृष्ट हुनुभएको छ । सहभागी १८ विद्यालयमध्ये इष्ट होराइजन अंग्रेजी मावि सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भएको छ ।