कांग्रेस संस्थापनले गर्यो महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही

पार्टी विभाजनको बाटोमा
पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस संस्थापनले गर्यो महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । 

पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई पाँच वर्षसम्मका लागि कारबाही गरेको हो । योसँगै कांग्रेस विभाजनको बाटोमा अघि बढेको छ । पचास प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको आह्वानमा भएको विशेष महाधिवेशनले भने नयाँ नेतृत्व चयनका लागि बुधबारनै ८ बजेदेखि मतदान सुरू हुने भनेको छ ।

बैठक बिहान ८ बजे बोलाइएको थियो । तर सहमतिको कसरत चलिरहेका कारण सर्दै आएर दिउँसो पौने ३ बजे सुरू भएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरू भएको बैठकमा विशेष महाधिवेशन पक्षधरलाई के गर्ने भन्नेबारे छलफल भैरहेको छ । 

कांग्रेसभित्रको विवाद समाधानका लागि बिहान सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भए पनि कुरा मिल्न भने सकेको छैन । देउवा निवास महाराजगञ्जमा भएको भेटमा दुबै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए । देउवाले टिकट वितरण र हस्ताक्षर अरुलाई दिन सकिने बताए पनि अब चुनाव नलड्ने विषयमा सहमति भने दिनुभएन ।

दुई महामन्त्रीलाई भेटेपछि सभापति देउवाले कांग्रेस नेता शेखर कोइलारालसँग पनि छलफल गर्नु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.