पौराणिक रामायण भवनको संरक्षणमा चासो, पुनःनिर्माण प्रक्रिया अघि बढ्यो

पुस ३०, २०८२ |अनिल मिश्र
पौराणिक रामायण भवनको संरक्षणमा चासो, पुनःनिर्माण प्रक्रिया अघि बढ्यो

जनकपुर । जनकपुरधामको ऐतिहासिक र पौराणिक महत्वको रामायण भवनको पुनःनिर्माण एवं जीर्णाद्धारको प्रक्रिया अघि बढेको छ ।

प्राचीन राम मन्दिर अगाडि र धनुष सागरको पश्चिमी डिलमा रहेको दुई तल्ले रामायण भवनको पुनःनिर्माण एवं जीर्णाद्धारका लागि विज्ञ टोलीले भवनको विभिन्न भागलाई फोडेर पुगेको क्षतिको अध्ययन गरेको छ । रामायण भवनको थप केही नमूना परीक्षण गर्न बाँकी रहेकाले अन्तिम सुझाव दिन केही दिन समय लाग्ने प्राविधिक विज्ञ टोलीको भनाइ छ ।

माथिल्लो तल्ला निकै कमजोर भई छतसमेत झर्न थालेकापछि भत्काएर पुनःनिर्माण गर्नु पर्ने अवस्था देखिएको छ । भित्ता र सिलिङमा राम चरित मानस लेखिएको छ भने रामायणकालीन घटनाहरू दर्शाउने चित्रहरू कोरिएको छ। लामो समयदेखि कसैले चासो नदिएपछि रामायण भवन जीर्ण बन्न पुगेको हो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।