
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेनको चौथो दिन निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
सभापतिमा गगन थापाको उम्मेदवारी परेको छ। यसैगरी महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मनोनयन परेको छ । कांग्रेस विशेष महाधिवेशनको चौथो दिन मनोनयन दर्ताको समय सकिएको छ ।
क–कसको उम्मेदवार उम्मेदवारी पर्यो भन्नेबारे नामावलीमा मात्रै जानकारी हुने समितिले जनाएको छ । अहिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा व्यस्त रहेको बताइएको छ । मतदान हुने पदहरूमा विद्युतीय मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
मनोनयन पत्र दर्ताको समय बुधबार बिहान सवा ११ बजेसम्मको समय तोकिएको थियो ।