सुरक्षा चुनौती छ तर निर्वाचन सफल बनाउनुपर्छ : मुख्यमन्त्री यादव

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुरक्षा चुनौती छ तर निर्वाचन सफल बनाउनुपर्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीका बिच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन-जी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरू बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरू नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताउनु भयो । 

नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरूरी रहेको उहाँको भनाइ छ । उहाँले हालै सम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले प्रहरीलाई सीमा क्षेत्रमा हुने लागूऔषध कारोबारलाई नियन्त्रण गर्न पनि आग्रह गर्नुभयो । 

दैनिक उपभोग्य सामग्री ल्याउने नागरिकलाई पक्राउ गर्नुको सट्टामा लागूऔषधको कारोबार गर्नेलाई पक्राउ गर्नमा बढी ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले संघीय सरकारले प्रहरी समायोजन नगर्दा पनि धेरै समस्या भएको गुनासो गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.