समानुपातिक बन्दसूचीबाट ६५ जनाले दिए नाम फिर्ताको निवेदन

नाम फिर्ता लिने क्रम जारी
पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिक बन्दसूचीबाट ६५ जनाले दिए नाम फिर्ताको निवेदन

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ बन्दसूचीमा समावेश भएकामध्ये अहिलेसम्म ६५ जनाले नाम फिर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारले सोमबार अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने समय दिएको थियो । तर अहिले पनि नाम फिर्ता लिने क्रम जारी छ । अहिलेसम्ममा ६५ जनाले नाम फिर्ताको निवेदन दिएको आयोगले जनाएको छ । 

नाम फिर्ता लिनेमा नेकपा (एमाले), राप्रपा, जनमत, नेत्रविक्रम चन्दको नेकपा मा‌ओवादीलगायतका दल छन् । माघ २ गतेसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेस गर्नुपर्ने छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ५२ दिन बाँकी रहेको छ । 

निर्वाचन नजिकिएसँगै दलहरूको गतिविधि बढेको छ भने निर्वाचन आयोगले पनि तयारी तिव्र पारेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.