
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
सोमबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरूले यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताउनु भयो ।
संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहर"लाई बन्दसत्रमा सहभागी हुन उहाँले आह्वान गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याएर देखाइदिने बताउनु भयो । मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरू हुने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहर"लाई आग्रह गर्दछुः ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पुर्याएर देखाइदिन्छौँ । भोलि हाम्रो ९ बजे बन्दसत्र सुरू हुन्छ । ९ वटा ग्रुपहरू छ । कोशी प्रदेशले रिपोर्ट बुझाएको छ । भोलि निर्वाचन सुरू हुन्छ ।’
मंगलबार निर्वाचन, अनुशासन, केन्द्रिय समिति लगायतका समितिहरू भंग गर्ने बताउनु भयो ।