
विराटनगर । तराई, मधेशका केही जिल्लामा धार्मिक सहिष्णुता एवं सामाजिक सद्भावमा खलल पुगेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले छलफल सुरू गरेको छ ।
आसन्न निर्वाचनमा समस्या पुग्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सद्भाव छलफल गरेको हो । बैठकले सामाजमा शान्ति-सद्भाव कायम राख्न जिल्लास्थित सबै स्थानीय तहमा शान्ति तथा सद्भाव समिति गठन गरी काम गर्न आग्रह गरेको छ ।