
काठमाडौं । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेताहरूले पार्टीलाई अझ सबल र सशक्त बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् ।
आमूल परिवर्तन र समयको मागलाई समातेर अघि बढ्न पार्टी नेतृत्व चुकेको भन्दै नेताहरूले बन्द सत्रमा सहभागी हुन सभापति शेरबहादुर देउवा लगायतलाई आग्रह पनि गरे। नेताहरूले पार्टीलाई कसैको कृपाबाट अलग बनाउनुपर्नेमा पनि जोडदिए ।
वक्ताहरूले पार्टी सभापतिसहितको संस्थापन पक्षको आलोचना गर्दै समयको माग र पार्टीको आवश्यकतालाई अवमुल्यन गरेको आरोप पनि लगाए । विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्ने अन्य नेताहरूले अब इतिहासको ब्याज खाएर र सत्ताको हिसाब गरेर मात्रै कांग्रेस नचल्ने बताए ।