
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू गुट नचिन्ने र कृपा नमान्ने जिकिर गर्नुभयो । उहाँले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताउनु भयो ।
उहाँले युवाहरूको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिनुभयो ।