निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । 

आयोगले अघिल्लो निर्वाचनमा धेरै मत बदर भएका जिल्लामा मतदाता शिक्षा प्रभावकारी हुने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको हो । मतदाता शिक्षा प्रभावकारी नहुँदा २०७९ को निर्वाचनमा झन्डै ६ प्रतिशत मत बदर भएको थियो । बदर मत घटाउन अहिले निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यक्रम सन्चालन गर्न अवधारणापत्र तयार गरिरहेको छ । 

जसमा पर्यवेक्षक संस्थाहरुले दिएको रिपोर्ट र निर्वाचन आयोगको आफ्नै अध्ययनको आधारमा बढी मत बदर भएका जिल्लामा मतदाता शिक्षा सन्चालन गर्ने आयोगले जनाएको छ । अघिल्लो निर्वाचनमा सबैभन्दाबढी ५ प्रतिशतभन्दा बढी मत मधेश प्रदेश, कर्णाली र लुम्बिनीमा बदर भएको थियो । 

उक्त प्रदेशका जिल्लाहरुमा केन्द्रित हुने तयारी आयोगले गरेको छ । आयोगले मतदाता शिक्षाका लागि १० लाख मतपत्र छपाइ गरेको छ । घरदैलो आवश्यक भएको ठाउँमा घरदैलो गरेर मतदाता शिक्षा दिने र धेरै प्रविधिको प्रयोग गरेर मतदाता शिक्षा दिने आयोगको तयारी छ । प्रविधिको प्रयोगका लागि आयोगले भिडियो बनाइरहेको छ भने घरदैलोको लागि प्रदेश र स्थानीय तहसंग समन्वय गरेर मतदाता शिक्षा सञ्चालन गर्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.