कांग्रेस विशेष महाधिवेशनमा देउवासहितका पदाधिकारीलाई दिइयो निम्तो

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस विशेष महाधिवेशनमा देउवासहितका पदाधिकारीलाई दिइयो निम्तो

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनुहुने भएको छ ।

शनिबार विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षले संस्थापन पक्षका वरिष्ठ नेता श्रेष्ठ पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको हो । त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको नेता सुवास पोखरेलले बताउनु भयो । 

सो महाधिवेशनमा भाग लिनका लागि सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई पनि पत्र पठाइएको पत्रकार सम्मेलनमा बताइएको छ । नेता पोखरेलले कांग्रेसको गरिमालाई बढाउन पनि सो महाधिवेशनमा सभापति देउवा सहभागी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि त्यसको सचिवालयले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.