
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरूरी रहेको बताउनुभएको छ ।
शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक दुर्घटनाका कारण बर्षेनि २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
आर्थिक वर्ष २०८०-०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१-०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको उहाँले बताउनु भयो । सडक दुर्घटना घटाउने प्रतिबद्धता जनाए पनि बर्षेनि दुर्घटना बढिरहेको उहाँकाे भनाइ छ ।
उपप्रमुख डंगोलले टिप्पर ड्राभइरले लापरबाही गरेर सवारीसाधन चलाइरहेको बताउनु भयो ।