एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ ।

ललितपुर स्थिति मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजेबाट बैठक शुरु हुने भएको हो । ११ औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले आजदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको थियो । बैठक पुस २८ सम्म बस्नेछ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा बैठक केन्द्रित हुने पार्टीका केन्द्रिय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले विषय अनुमोदनसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको विषयमा पनि थप छलफल हुनेछ ।

बैठकले केन्द्रीय सल्लाहकार परिषद् समेत गठन गर्ने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.