कांग्रेस : विशेष महाधिवेशनको तयारी लगभग पूरा

पुस २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस : विशेष महाधिवेशनको तयारी लगभग पूरा

काठमाडौं । नेपाली कांग्रेसमा आइतबार सुरु हुने विशेष मञ्च निर्माण, हल व्यवस्थापनसहित महाधिवेशनको तयारी करिब-करिब पूरा भएको छ ।

काठमाडौंको भृकुटीमण्डमा पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनका लागि अधिकांश प्रतिनिधिहरु आइपुगेको आयोजकले जनाएको छ । सुरु हुने गरी तयारी अन्तिम चरणमा पुग्दै गर्दै गुटगत भेटघाट शनिबार पनि चलिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच आज बिहान भेटवार्ता भएको छ। 

यता पार्टी नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा कांग्रेसले आजका औपचारिक कार्यक्रम स्थगित गरेको छ । विशेष महाधिवेशन पक्षधरले आज गर्ने भनिएको पदयात्रा पनि रोकिएको छ । महाधिवेशनको तयारी भने जारी छ । विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारीका कामहरु धमाधम भैरहेका छन् । मञ्च बनाउनेदेखि आसपासको क्षेत्र तथा सडकमा कांग्रेसका झण्डा राखेर सजाइएको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीलाई एक ढिक्का बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । नेता भण्डारी र सुनिल शर्माले विशेष महाधिवेशन पनि हुने र पार्टी एकता पनि जोगिने गरी अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।

यता पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले पूर्वमन्त्री दाहालको निधनप्रति शोक व्यक्त गर्दै पुस २७ गते पार्टीका सबै तहका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

दाहालको निधनका कारण विशेष महाधिवेशन पक्षधरको आज तय गरिएको पदयात्रा पनि स्थगित गरिएको छ । महाधिवेशनका अरु तयारीका काम भने जारी छन् । ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग बमोजिम कांग्रेस महामन्त्रीद्वय पक्षले आयतबारदेखि विशेष महाधिवेशन गर्दैछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.