
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
पार्टी मुख्यालय सानेपामा अहिले बिहान ९ बजे बैठक बोलाईएको हो । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको हो । महामन्त्रीद्वयले भोलीबाट शुरु हुने २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।