पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

पुस २६, २०८२
पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वरिष्ठ पत्रकार तथा पूर्व सांसद होमनाथ दाहालको निधन भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहालको ८४ वर्षको उमेरमा शुक्रवार साँझ वीर अस्पतालमा निधन भएको परिवारले जनाएको छ । दाहाल केहि समययता स्वास्थ्य समस्यामा गुज्रिरहनुभएको थियो ।

उहाँकी धर्म पत्नी सुधा दाहाल समेत यतिबेला वीर अस्पतालमै उपचारकै क्रममा रहनुभएको छ । दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु दाहाल हुनुहुन्छ ।

विपि विचारका सच्चा अभियन्ता दाहाल ओखलढुंगा जिल्लाबाट निर्वाचित पूर्व सांसद हुनुहुन्छ ।

उहाँको पार्थिक शरीरलाई श्रद्दान्जलीका लागि निजी निवास मैतिदेवीमा ९ बजेसम्म राखिने र त्यसलगत्तै पशुपति आर्याघाटमा दाह संस्कार गरिने परिवार श्रोतले जानकारी दिएको छ ।