संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य: गृहमन्त्री

पुस २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताउनुभएको हो । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । 

दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँईदैन,”गृहमन्त्री अर्यालले भन्नुभयो । निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उहाँले बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वको लागि एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.