काँग्रेस कार्यसमिति बैठक: विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन आग्रह गर्ने

पुस २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
काँग्रेस कार्यसमिति बैठक: विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन आग्रह गर्ने

काठमाडौै ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । तर उक्त निर्णयप्रति महामन्त्री गगन थापा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरले आपत्ति जनाएका छन् ।

विषेश महाधिवेशन आव्हान भैसकेपछि आज आकस्मिक रुपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । बैठकको निर्णय प्रति आफूहरुले असहमति जनाएको महामन्त्री थापाले जानकारी दिनुभयो । 

उहाँले पार्टीको वैधानिक प्रकृयाविरुद्द महाधिवेशन प्रतिनिधिहरुलाई फोन गरेर महाधिवेशनमा नआउन र हस्ताक्षर फिर्ता लिन धम्क्याउने काम भैरहेको पनि दाबी गर्नुभयो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले २७ र २८ गते हुने विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनैपर्ने बताउनुभयो ।

महामन्त्री थापाले कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा पनि पठाएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.