राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवार

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

मधेसमा ४ राष्ट्रिय सभा सिटका लागि कांग्रेस-एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्यतर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ । 

उहाँको उम्मेदवारीमा लोसपाको मधेश प्रदेश सभा सदस्य जयनुल राईन प्रस्तावक र रानी शर्मा तिवारी समर्थक बस्नुभएकाे थियाे । ठाकुरको उम्मेदवारीमा जसपा नेपालको पनि समर्थन छ । त्यस्तै मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । 

जसपा नेपालबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी गराएका हुन् । जसपा नेपालबाट उम्मेदवारी दिने चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन् । नेपाली कम्युनिस्ट पार्टीबाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै कांग्रेस-एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसका रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.