कान्तिपुर टेलिभिजनकर्मी विनोद कोजूसहित तीन पत्रकार सम्मानित

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनकर्मी विनोद कोजूसहित तीन पत्रकार सम्मानित

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन विनोद कोजूलाई स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । 

महासंघको २९औँ स्थापना दिवसको अवसरमा कोजूलाई सम्मान गरिएको हो । सोहि अवसरमा हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठ स्व.मैंयादेवी शिल्पकार स्मृति क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट सम्मनित हुनुभएको छ । यस्तै राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्य स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मनित गरिएको छ। 

सबै पुरस्कृतहरूलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको बताउनुभयो । 

आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको भन्दै उहाँले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताउनुभयाे । मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनु भयो । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उहाँले बताउनुभयो । उहाँले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.