प्यूठानमा बढ्यो चुनावी गतिविधि

नयाँ दलहरू गाउँ अभियानमा जुट्दा पूराना पार्टीको सङ्गठन चलायमान बनाउने कसरत
पुस २०, २०८२ |शमशेरविक्रम जीसी
प्यूठानमा बढ्यो चुनावी गतिविधि

प्यूठान । पछिल्लो समय प्यूठानमा राजनैतिक दलहरूको सक्रियता बढेको छ । 

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा दलहरूको सक्रियता बढेको हो । दलहरूले चुनावी रणनीति र योजनाका विषयमा छलफल, बहस गर्न थालेका छन् । निर्वाचनको मिति नजिकिएसँगै प्यूठानमा राजनीतिक दलहरूको सक्रियता बढ्दै गएको छ । 

सभा, सम्मेलनको आयोजनासहित दलहरू निर्वाचन केन्द्रित हुन थालेका छन् । २०७९ मा भएको निर्वाचनमा प्यूठानमा एमालेसँग हार ब्यहोरेको राष्ट्रिय जनमोर्चा यसपटक एक्लै निर्वाचनमा जाने तयारीमा छ । नेता तथा कार्यकर्ताले पार्टीको रणनीति यो पटकको निर्वाचनमा एक्लै लड्ने रहेको बताउँदै आएका छन् ।

वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी गाउँ अभियानमा लागेको छ । निर्वाचन कन्द्रित अभियानसँगै रास्वपाले गाउँ-गाउँमा सभा, सम्मेलनको आयोजना गर्दै पार्टी प्रवेश अभियान चलाएको छ । नेपाली कम्युनिष्ट पार्टी र एमाले पनि निर्वाचन केन्द्रित अभियानमा जुटिसकेका छन् । प्रतिनिधि सभाका लगि उम्मेदवार सिफारिस गर्ने, संगठन चलायमान बनाउन सभा सम्मेलन आयोजना गर्ने लगायतका काम पुराना दलहरूले पनि सुरू गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसकेको कांग्रेस भने महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने केन्द्रको अन्यौलले जिल्ला तहमा अन्याेलमै छ । तर अनौपचारिकरूपमै भए पनि नेताहरू गाउँ अभियान, मतदाता भेटघाटमा जुटेका छन् ।

जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले घोषित मितिमै निर्वाचन सम्मन्न गर्न दलहरूसँगको छलफल सघन बनाएसँगै दलहरू औपचारिक र अनौपचारिक रूपमा जिल्लास्तरमा निर्वाचन केन्द्रित भएका हुन् ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।