रेडियो कान्तिपुरको रोड सो ‘रेडियो अन ह्वील्स’काे सातौँ संस्करण शनिबारदेखि सुरू हुने

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेडियो कान्तिपुरको रोड सो ‘रेडियो अन ह्वील्स’काे सातौँ संस्करण शनिबारदेखि सुरू हुने

काठमाडौं । रेडियो कान्तिपुरले बर्षेनि आयोजना गर्दै आएको रोड सो कार्यक्रम ‘रेडियो अन ह्वील्स’को सातौँ संस्करण आगामी शनिबारदेखि सुरू हुने भएको छ । 

बाँकेको नेपालगञ्जबाट सुरू हुने सातौँ संस्करणकाे ‘रेडियो अन ह्वील्स’ कार्यक्रम देशका विभिन्न १५ सहरमा आयोजना गरिनेछ । श्रोतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘रेडियो अन ह्वील्स’मा रमाइला खेल, पुरस्कार वितरण तथा सडकमै नाचगानसहितको रोड सो प्रस्तुत गरिँदै आएको छ । 

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि एउटै मञ्चमा आ-आफ्ना प्रस्तुति दिनेछन् । यसपटकको रोड सोमा गायक शिव परियार र विश्व नेपाली, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल तथा ‘डान्स च्याम्पियन नेपाल’ की विजेता वर्षा फुयाँल र सिजन-१ की विजेता रोसिका राउतले गीत-संगीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपालगञ्जबाट सुरू हुने रोड सो आगामी माघ ८ गते काठमाडौंमा आयोजना हुने कार्यक्रमसँगै समापन हुनेछ । रोड सो नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, वीरगञ्ज, जनकपुर, लहान, इटहरी, विराटनगर, बिर्तामोड र धरानलगायतका सहरमा सञ्चालन गरिनेछ । साथै ती स्थानका विभिन्न कलेजहरूमा समेत मिनी रोड सो आयोजना गरिने जनाइएको छ ।

कार्यक्रमको यसपटकको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ भने ‘पावर्ड बाइ’मा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक र टिभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनरमा वाइफाइ नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन तथा बन्डिङ पार्टनरमा राठीकोल रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.