
न्युयोर्क, अमेरिका । गुरूङ समुदायको नयाँ वर्ष अर्थात् तमु ल्होसार अमेरिकामा बस्ने गुरूङ समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
न्युयोर्कमा जम्मा भएका तमु समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन् । नयाँ वर्षलाई स्वागत गर्दै उनीहरूले एकआपसमा शुभकामना साटासाट गरी आफ्नो मौलिकता झल्कने चाडलाई मनाएका छन् । संसारको जुनसुकै कुनामा भए पनि नेपाली मौलिकता र पहिचान झल्काउने पर्व मनाउँन पाउँदा प्रवासमा रहेका नेपालीहरू दङ्ग देखिन्थे ।