पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता, वर्तमान राजनीतिक अवस्थाबारे छलफल

पुस १५, २०८२ |रासस
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता, वर्तमान राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं । पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।