प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता

धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र कायम
पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता

धनकुटा । आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा १ लाख १८ हजार ४ सय २५ जना मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाले अद्यावधिक गरी कायम गरेको यो मतदाता संख्या २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको भन्दा १ हजार ४ सय ३४ बढी हो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा १ लाख १६ हजार ९ सय ९१ मतदाता थिए । 

अहिले कायम मतदाता मध्ये ५९ हजार ४ सय ८३ पुरुष र ५८ हजार ८ सय ४२ महिला रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.