
काठमाडौं । नेपालमा पहिलोपटक औपचारिक रूपमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।
मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी च्याउ दिवस मनाइएको हो । सरकारले गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकबाट पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विभिन्न प्रकारका च्याउका परिकारहरू र च्याउहरू प्रदर्शनमा राखिएको छ ।
नेपालमा ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ । दैनिक करिब एक लाख किलो च्याउ उत्पादन हुने भए पनि माग धान्न वार्षिक १५-२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ ।