१२ औं गोरखा महोत्सव शुरु

पुस १५, २०८२ |भीमलाल श्रेष्ठ
१२ औं गोरखा महोत्सव शुरु

गोरखा । १२ औं गोरखा महोत्सव एवं प्रदेशस्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला गोरखा सदरमुकाममा शुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सोमबारबाट सुरु भएको हो ।

महोत्सवको उद्घाटन अघि झाँकीसहितको जातजातिको परम्परागत पोशाकमा सजिएको र्यालीले गोरखा बजार परिक्रमा गरेको थियो । 

आगामी पुस २८ सम्म सञ्चालन हुने महोत्सवमा औद्योगिक, घरेलु उत्पादन तथा कृषि प्रदर्शनीका साथै विभिन्न साँस्कृतिक प्रस्तुती रहेको छ ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।