
रूपन्देही । कपिलवस्तु र रूपन्देहीमा जीपीएस ट्याग लगाइएका सारसका बचेरा स्वस्थ र तन्दरूस्त रहेको पाइएको छ ।
डेढ महिनाअघि करिब सय दिनका ६ वटा अर्ध वयस्क सारसमा सेटेलाइट ट्याग लगाइएको थियो । ट्याग लगाइएका सबै सारस माउसँगै घुलमिल भएर बसेका छन् । नेपालमा पहिलो पटक सारसमा सेटेलाइट ट्याग लगाइएको हो । सारस बसोबास गर्ने क्षेत्रबाट आहारका लागि दिउँसो अर्कै ठाउँ जाने र साँझ परेपछि फर्केर पहिलेकै ठाउँमा आउने गरेको जीपीएस ट्याग लगाउने टोली सदस्य तथा भक्तपुर बहुमुखी क्याम्पसका प्राणीशास्त्री दिक्पालकृष्ण कर्माचार्यले बताउनुभयो ।