चिसोका कारण विद्यालय बन्द

पुस ८, २०८२ |राजेश्वर पाण्डे
चिसोका कारण विद्यालय बन्द

रौतहट । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर भरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरेको छ ।

सोमबार गौर नगरपालिकाले सूचना जारी गदै पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । 

चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले बताउनुभयो।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।