नारायणचौरमा ‘खुसी चिल्ड्रेन पार्क’ सञ्चालन, बालबालिकाका लागि सुरक्षित खेलस्थल तयार

पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नारायणचौरमा ‘खुसी चिल्ड्रेन पार्क’ सञ्चालन, बालबालिकाका लागि सुरक्षित खेलस्थल तयार

काठमाडौं । काठमाडौंको नारायणचौरस्थित नन्दीकेशरी बगैंचामा खुसी चिल्ड्रेन पार्कको उद्घाटन गरिएको छ ।

काठमाडौँमा शनिबार एक कार्यक्रम गरी पार्क उद्घाटन गरिएको हो । पार्कको वास्तुकलाको डिजाइन गाथा आर्किटेक्चर्सले गरेको छ । गाथाकी निर्देशक श्रृंखला खतिवडाले जीर्ण अवस्थामा रहेको ठाँउलाई प्रयोग गरेर पार्क निर्माण गर्नु चुनौतीपूर्ण रहे पनि अवसरको रूपमा लिएको बताउनुभयो । पार्क निर्माणपछि बालबालिकालाई खेल्नका लागि सुरक्षित स्थल बनेको खतिवडाको भनाइ छ ।

खुसी चिल्ड्रेन पार्क गुणस्तरीय सामग्री प्रयोग गरेर निर्माण गरिएकाले बालबालिकाहरू सुरक्षित रहने गाथाका आर्किटेक्ट सुभम कोइरालाको भनाइ छ । पार्क निमार्णका लागि आवश्यक सामग्री नेपालमा उपलब्ध नभएपछि विदेशबाट समेत ल्याइएको महाराजा रोयल क्यासिनोका प्रशासकीय प्रमुख सुभानवित गुरुङले जानकारी दिनुभयो । पार्कको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.