
बागलुङ । नसर्ने रोगका बिरामी बढनुमा सुर्तिजन्य पदार्थको सेवन मुख्य कारण रहेकोले यसलाई न्यूनीकरण गर्न सबै नागरिकको सक्रियता आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य करकोषको सचिवालयको आयोजना र प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको संयोजनमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले नागरिकहरू सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
नसर्ने रोगको भार बढनु पनि सुर्तिजन्य पदार्थ सेवनको कारकको रूपमा रहेको हुँदा यसको नियन्त्रण र नियमनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा लाग्नुपर्ने उनीहरूले बताएका छन् ।