भैरहवामा बाक्लो हुस्सु, रवि तत्काल भैरहवा पुग्न समस्या

पुस ४, २०८२ |अमृता अनमोल
भैरहवामा बाक्लो हुस्सु, रवि तत्काल भैरहवा पुग्न समस्या

बुटवल । रवि लामिछाने थुनामुक्त हुन आज भैरहवा पुग्दै हुनुहुन्छ । तर बाक्लो हुस्सुका कारण उहाँलाई भैरहवा पुग्न भने मौसमका कारण समस्या हुने भएको छ ।

बिहान ७.५५ मा बुद्ध एयरको काठमाडौं भैरहवाको टिकट काटिएको थियो । जुन काठमाडौंबाट भैरहवा पुग्ने पहिलो फ्लाइट हो । भैरहवा पुग्न लामिछाने त्रिभुवन विमानस्थलमा पुगिसक्नु भएको छ । यद्यपि अहिले भैरहवामा बाक्लो हुस्सु लागेको छ । यहाँबाट उडान भएपनि विमान अवतरण गर्न नसकिने गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलका सुचना अधिकारी विनोद रावतले बताउनुभयो ।

अहिले भैरहवामा १ हजार भिजिविलीटी छ । यो भिजिविलीटी उडानका लागि मात्र प्रर्याप्त छ । विमान अवतरणका लागि भने १ हजार ८ सय सम्म भिजिविलीटी पुग्ने उहाँले बताउनुभयो । आकाशमा बाक्लो हुस्सु भएकाले भिजिविलीटी बढ्न केही समय लाग्ने छ । यसर्थ तत्काल विमान अवतरण गर्न सकिने अवस्था नरहेको विमानस्थल प्रशाशनले जनाएको छ । रवि लामिछाने भैरहवा पुग्ने भएपछि रुपन्देही सहित भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु रविको स्वागतमा जुटेका छन् ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।